उपराष्ट्रपतिमा महिला हुनुपर्ने माओवादी केन्द्रको धारणा - Chaitanya News
  • 2026-06-28
  • 18:55:36
  • आइतबार,आषाढ १४, २०८३
  • उपराष्ट्रपतिमा महिला हुनुपर्ने माओवादी केन्द्रको धारणा

    उपराष्ट्रपतिमा महिला हुनुपर्ने माओवादी केन्द्रको धारणा

    काठमाडौं– नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपतिमा महिला हुनु पर्नेमा जोड दिएका छन्।
    राष्ट्रपतिमा पुरुशुक्रबार बिहान माओवादी घटकका दलहरुको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै गुरुङले उक्त कुरा बताएका हुन्।
    निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा लैंगिक रुपमा फरक हुनु पर्नेमा उनले जोड दिएका हुन्।

    उपराष्ट्रपतिमा जसले सिफारिस गर्ने भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रुपले फरक र सामुदायिक फरक भन्ने छ। अभ्यास बसालियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ। नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो,’ गुरुङले भने,‘हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ। महिला दिँदा राम्रो हुन्छ।’

    महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले चैत ५ गतेपछि मात्रै सरकार विस्तार हुने पनि बताएका छन्।

    आगामी चैत ३ हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। राष्ट्रपतिमा बिहीबार रामचन्द्र पौडेल निर्वाचित भएका छन्।