भक्तपुर नगरपालिकाले गर्‍यो तीनओटा कार्यविधि पारित - Chaitanya News
  • 2026-06-28
  • 18:55:15
  • आइतबार,आषाढ १४, २०८३
  • भक्तपुर नगरपालिकाले गर्‍यो तीनओटा कार्यविधि पारित

    भक्तपुर नगरपालिकाले गर्‍यो तीनओटा कार्यविधि पारित

    भक्तपुर– भक्तपुर नगरपालिकाले ३ वटा कार्यविधि, ३ वटा निर्देशिका र २ वटा विनियम पारित गरेको छ। नगरपालिकाको नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षता बिहीबार सम्पन्न तेह्रौं नगरसभाले उक्त कानुन पारित गरेको हो।

    नगरसभाले भक्तपुर नगरपालिका घर–जग्गा बहाल व्यवस्था निर्देशिका, २०७९, युवा उद्यमशीलता प्रवद्र्धन ऋण परिचालन सम्बन्धमा बनेको निर्देशिका २०७९ र भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूलाई दिइने पोशाक सुविधासम्बन्धी निर्देशिका २०७९ सर्वसम्मतिले पारित गरेको छ।

    यस्तै भक्तपुर नगरपालिका ९नगर कार्यपालिका तथा समिति० को बैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७९, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि २०७९ पारित भएका छन्। २०७९ माघ २३ गतेबाट सुरु भएको तेह्रौं नगरसभाले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ लको प्रस्तावित विनियम २०७९, भक्तपुर नगरपालिका सहकारी नियमावली गरी ३ वटा कार्यविधि, ३ वटा निर्देशिका, १ वटा नियमावली र १ वटा विनियम पारित गरेको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाको अनुसार बैठकले कडा रोग लागेका नगरबासीहरुलाई स्वास्थ्य उपचार अनुदान दिनेसम्बन्धी निर्देशिका २०७५, भनपाको काठ, ईटा, झिंगटी खरिद अनुदानसम्बन्धी कार्यविधि, २०७५, भक्तपुर नगरपालिकाको शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५, भक्तपुर नगरपालिका आदर निकेतन सेवा सम्बन्धी ऐन २०७७ र भक्तपुर नगरपालिकाको शिक्षा ऐन, २०७४ संशोधन प्रस्ताव पारित भएका छन्।