प्रधानमन्त्री प्रचण्डविरूद्धको रिटको सुनुवाइ सकियो - Chaitanya News
  • 2026-05-19
  • 00:49:30
  • सोमबार,जेठ ०४, २०८३
  • प्रधानमन्त्री प्रचण्डविरूद्धको रिटको सुनुवाइ सकियो

    प्रधानमन्त्री प्रचण्डविरूद्धको रिटको सुनुवाइ सकियो

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा रिट निवेदक पक्षको प्रारम्भिक बहस सकिएको हो।

    आजको सुनवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरू डा।सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुँइटेल ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले तीन वर्षअघि माघी पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्धन्द्धकालमा १७ हजार मारेको आरोप आफूलाई लाग्ने गरेको भन्दै सामन्तीहरूले १२ हजार मारेको जिम्मा लिने भए पाँच हजारको जिम्मा आफू लिन तयार रहेको बताएका थिए।

    सोही अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीलगायत द्वन्द्वपीडितले सर्वोच्चमा दुईवटा रिट दायर गरेका थिए।