रामचन्द्र राष्ट्रपति भएपछि रवि लामिछानेले दिए बधाई - Chaitanya News
  • 2026-06-28
  • 18:55:16
  • आइतबार,आषाढ १४, २०८३
  • रामचन्द्र राष्ट्रपति भएपछि रवि लामिछानेले दिए बधाई

    रामचन्द्र राष्ट्रपति भएपछि रवि लामिछानेले दिए बधाई

    काठमाडौं– राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पनि बधाई दिएका छन्।

    सार्वजनिक घोषणा नगरी पौडेललाई नै भोट दिएपछि लामिछानेले पौडेललाई बधाई दिएका हुन्।

    लामिछानेले पौडेललाई अभिभावक बन्न सुझाव दिएका छन्।

    ‘मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई दिन चाहन्छु। सिंगो देशको अभिभावक बन्नुहुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु,’ लामिछानेले भनेका छन्।

    रास्वपाले निर्वाचन आचारसंहिता रहेको भन्दै बाहिर घोषणा नगरी राष्ट्रपतिमा पौडेललाई नै भोट दिएको थियो।

    एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।

    नागरिकता प्रकरणमा लामिछानेको सांसद पद नै खारेज भएको थियो। उनले पुनः नेपालको नागरिकता प्राप्ति गरेपछि वैशाख १० गते चितवन–२ मा हुने उपचुनावमा फेरि उठ्ने तयारी गरेका छन्।