काठमाडौं– विश्वकप लिग( २ अन्तर्गत घरेलु मैदानमा बिहीबारदेखि सुरु भएको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५२ रनले हराएपछि पूर्वकप्तान पारस खड्काले जीतका दुई नायक सन्दीप लामिछाने र आसिफ शेखको बेग्लाबेग्लै तस्विर राखेर बधाई दिएका छन्।
पीएनजीविरुद्ध नेपालको यस सफलतामा सन्दीपले ४ विकेट लिएका थिए भने आसिफले ११० रनको शतकीय पाली खेलेका थिए।
यसअघि यूएईमा भएको श्रृंखलामा नेपालले सन्दीप र आसिफको कीर्तिमानी साझेदारीमा पीएनजीलाई हराएपछि पारसले फेसबुकमा आसिफको मात्र तस्विर राख्दा फ्यानले चर्को आलोचना गरेका थिए। पछि उनले ट्वीटरमा भने दुवैको तस्विर राखेका थिए।
बलात्कारको आरोपमा धरौटीमा छुटेका सन्दीपलाई राष्ट्रिय टोलीमा राखिएको विषयमा चर्को आलोचना भएको थियो। तर, सन्दीपले पुनरागमनयता सानदार प्रदर्शन गरिरहेका छन्। उनले त्यसयता खेलेका ८ खेलमा २२ विकेट लिएका छन्। उनले अलराउन्डर प्रदर्शन गरिरहेका छन्।