राष्ट्रपतिको मतगणना सुरु, कस्ले मार्ला बाजी? - Chaitanya News
  • 2026-05-17
  • 00:30:31
  • शनिबार,जेठ ०२, २०८३
  • राष्ट्रपतिको मतगणना सुरु, कस्ले मार्ला बाजी?

    राष्ट्रपतिको मतगणना सुरु, कस्ले मार्ला बाजी?

    काठमाडौं– राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरमा रहेको संघीय संसद भवनमा मतगणना सुरु भएको हो।

    राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा छन्।

    नयाँ राष्ट‍्रपतिका लागि बिहीवार भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सांसदले मतदान गरेका छन्। कुल ८८१ मतदाता रहेकोमा आज ८३१ मतमात्र खसेको निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जनाइन्।

    प्रतिनिधसभा र प्रदेशसभा सांसदहरुले मत दिएको मतपत्रको छुट्टाछुट्टै स्थानमा गणना हुँदैछ।

    साँझ ७ बजेसम्ममा मतपरिणाम आइसक्ने गरि निर्वाचन अधिकृतको कार्यालयले तयारी गरिरहेको शर्माको भनाई छ।