सन्दीप लामिछानेले दिलाए नेपाललाई तेस्रो सफलता - Chaitanya News
  • 2026-06-05
  • 14:45:20
  • शुक्रबार,जेठ २२, २०८३
  • सन्दीप लामिछानेले दिलाए नेपाललाई तेस्रो सफलता

    सन्दीप लामिछानेले दिलाए नेपाललाई तेस्रो सफलता

    काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध अर्धसतक बनाएका पपुवा न्यूगिनी (पीएनजी) ओपनर टानी उरालाई आउट गराउँदै सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन्।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुआत गरेको पीएनजीका उरा ४४ बलमा ९ चौकसहित ५० रन बनाएर क्याच आउट भए।

    यसअघि, तेस्रो नम्बरमा क्रिजमा आएका सेसे बाउलाई दीपेन्द्रसिंह ऐरीले सोमपाल कामीबाट क्याच आउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाएका थिए। ओपनर किप्लिन डोरिगा कुशल मल्लको बलमा रनआउट भएका थिए।