काठमाडौं– राष्ट्रपति निर्वाचनमा साढे २ बजेसम्म संघको ३१२ र प्रदेशको ५१७ भोट खसेको छ। आधा घण्टाको समय बाँकी हुँदा ८४९ भोट खसेको छ।
साढे २ बजेसम्म राष्ट्रिय सभा र प्रतिनिधिसभाको गरी ३१२ भोट खसेको हो । त्यस्तै ५५० सदस्यीय प्रदेशसभामा ५१७ भोट खसेको छ।
३ बजेसम्म मतदानको समय सकिएलगत्तै मतगणना सुरु हुनेछ।
राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।
पौडेललाई ११ दलको समर्थन प्राप्त भएको छ। यसैले नतिजा उनको पक्षमा पर्ने सम्भावना धेरै छ।