राष्ट्रपति निर्वाचन अपडेट : दिउँसो २ बजेसम्म ८२४ जनाले गरे मतदान - Chaitanya News
  • 2026-05-20
  • 05:26:43
  • मंगलबार,जेठ ०५, २०८३
  • राष्ट्रपति निर्वाचन अपडेट : दिउँसो २ बजेसम्म ८२४ जनाले गरे मतदान

    राष्ट्रपति निर्वाचन अपडेट : दिउँसो २ बजेसम्म ८२४ जनाले गरे मतदान

    काठमाडौँ– राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो २ बजेसम्म ८२४ मतदान भएको छ। कुल ८८४ मतदातामध्ये दिउँसो २ बजेसम्म ८२४ जनाले मतदान गरेका हुन्।

    निर्वाचन आयोगका अनुसार संघीय संसद्तर्फ ३०९ जनाले र प्रदेशसभातर्फ ५१५ जनाले मतदान गरेका छन्।

    निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी कुल ८८४ जना मतदाता रहेका छन् छन्।

    राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सरू भएको हो ।