राष्ट्रपति चयनका लागि मतदान सुरू - Chaitanya News
  • 2026-05-17
  • 00:30:26
  • शनिबार,जेठ ०२, २०८३
  • राष्ट्रपति चयनका लागि मतदान सुरू

    राष्ट्रपति चयनका लागि मतदान सुरू

    काठमाडौं –  गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ ।

    बिहीबार बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय सांसदका लागि एउटा र प्रदेशसभा सदस्यका लागि अर्को गरी दुई वटा मतदान केन्द्र रहेको छ ।

    संघीय संसदमा ३ सय ३४ जना सांसद छन् । जसमा ३ सय ३१ जनाले मतदान गर्न पाउनेछन् । भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ ले मतदान गर्न पाउनुहुने छैन । त्यसैगरी चितवन २ बाट जितेका रबि लामिछानेको सांसद पद गएपछि रिक्त छ ।

    जनता समाजवादी पार्टीकी समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएको थियो । त्यसैगरी सातै प्रदेशमा गरेर ५ सय ५० जना प्रदेश सांसद रहेका छन् ।

    संघीय सांसदहरुको मतभार ७९ र प्रदेश सांसदको ४८ रहेको छ । सबै सांसदहरुको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ । त्यस मध्ये बहुमत अर्थात २६ हजार ३९४ मत ल्याउने उम्मेदवार निर्वाचित हुने छन् ।

    राष्ट्रपतिका लागि दुईजना उम्मेदवार मैदानमा छन् ।