ए डिभिजन लिगमा हिमालयन शेर्पाको जित, पुलिस पराजित - Chaitanya News
  • 2026-07-25
  • 04:15:54
  • शुक्रबार,साउन ०८, २०८३
  • ए डिभिजन लिगमा हिमालयन शेर्पाको जित, पुलिस पराजित

    ए डिभिजन लिगमा हिमालयन शेर्पाको जित, पुलिस पराजित

    काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले पहिलो जित हासिल गरेको छ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको हो । यससँगै हिमालयन शेर्पाले ३ अंक जोडेको छ।

    हिमालयन शेर्पाको लागि अमृत श्रेष्ठको गोल नै निर्णायक बन्यो । खेलको इन्ज्यूरी समयमा अमृतले गोल गरेका थिए ।