काठमाडौँ– नेकपा माओवादी केन्द्र अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ ले भेटेका छन्। बुधवार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई विप्लवले भेटेका हुन्।
संक्रमणकालीन न्याय टुंगो लगाउन प्रचण्ड र विप्लवबीच भेटघाट भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए। भेटवार्तामा द्धन्द्धकालीन मुद्दा सत्य निरुपण आयोगमार्फत टुंगो लगाउने विषयमा सहकार्य गरेर जाने विषयमा छलफल भएको बताएको छ। प्रचण्डलाई भेट्न विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ समेत सहभागी भएका थिए।
संक्रमणकालीन न्याय टुंगो लगाउने विषयमा सबै पूर्व माओवादी नेताहरु एक ठाउँमा आइपुगेका छन्। पार्टी एकता गर्न नसकेपनि कार्यगत एकता गरेर जाने तयारी गरेका छन्।