प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी : मन्त्री शर्मा - Chaitanya News
  • 2026-05-16
  • 23:29:08
  • शनिबार,जेठ ०२, २०८३
  • प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी : मन्त्री शर्मा

    प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी : मन्त्री शर्मा

    काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार विस्तार हुन नसकेको बताएकी छन्।

    बुधबार ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

    उनले वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको बताइन्।

    पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरुप नै परिर्वतन भएको उल्लेख गर्दै महिलाहरुमा अझै पनि हरेक क्षेत्रमा सहजता हुन नसकेको उनको भनाइ छ।

    उनले सूचना तथा प्रविधिको बढ्दो प्रयोग निरन्तर विकास र गतिशिलताबाट प्राप्त अवसरहरुमा महिलाको सहभागिता अभिवृद्धि हुँदै गए पनि प्रविधिको दुरुपयोगलाई रोक्नुको साथै साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षासम्बन्धी विषयमा ध्यान केन्द्रित गर्नुपर्ने जरुरी देखिएको बताइन्।