राष्ट्रपति भण्डारीको सात वर्षे कार्यकाल गौरवपूर्ण गर्न लायकको : अध्यक्ष ओली - Chaitanya News
  • 2026-05-16
  • 23:29:06
  • शनिबार,जेठ ०२, २०८३
  • राष्ट्रपति भण्डारीको सात वर्षे कार्यकाल गौरवपूर्ण गर्न लायकको : अध्यक्ष ओली

    राष्ट्रपति भण्डारीको सात वर्षे कार्यकाल गौरवपूर्ण गर्न लायकको : अध्यक्ष ओली

    काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सात वर्षे कार्यकाल गौरव गर्न लायकको रहेको दाबी गरेका छन्।

    बुधबार अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भण्डारीले सात वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी विवादरहित र कुशलतापूर्वक वहन गरेको दाबी गरेका हुन्।

    राष्ट्रपति भण्डारी सात वर्षअघि ओली निगाहमै एमालेबाट राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको अध्यक्ष ओलीले बताए।

    ‘राजनीतिक स्वार्थ प्रेरितले संकीर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको समेत मर्यादा नगरेर बकबास गरेका हुन सक्छन्। त्यसको खास अर्थ छैन। महिला राष्ट्रपतिको रुपमा भण्डारीको कार्यकाल सराहना गर्न लायक छ’, उनले भने।