श्रीलङ्काले गर्‍यो स्थानीय निकायको चुनावका लागि नयाँ मिति घोषणा - Chaitanya News
  • 2026-05-20
  • 04:04:22
  • मंगलबार,जेठ ०५, २०८३
  • श्रीलङ्काले गर्‍यो स्थानीय निकायको चुनावका लागि नयाँ मिति घोषणा

    श्रीलङ्काले गर्‍यो स्थानीय निकायको चुनावका लागि नयाँ मिति घोषणा

    काठमाडौं– श्रीलङ्कामा स्थानीय निकायको चुनावको नयाँ मिति घोषणा भएको छ । यसअघि मार्च ९ अर्थात् भोलि बिहीवारका लागि तोकिएको स्थानीय निकायको चुनाव सरकारले चुनाव खर्चका लागि रकम अपुग रहेको भन्दै स्थगित गरेको थियो।

    यसअघि सन् २०२२ को सुरुमै हुनुपर्ने चुनाव आर्थिक सङ्कटका कारण पटक पटक स्थगित हुँदै आएको छ। श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ मा चुनाव गराउन मिति तोकेको भए पनि सरकारले भने प्रतिक्रिया दिइसकेको छैन।

    श्रीलङ्कामा आर्थिक सङ्कटका कारण चुनावलगायतका थुप्रै गतिविधिहरू प्रभावित भएका छन्। प्रश्नपत्र छपाउन कागज किन्ने पैसा नभएपछि श्रीलङ्का सरकारले गएको वर्ष राष्ट्रिय परीक्षासमेत स्थगित गरेको थियो। इन्धन, खाद्यान्नलगायतको सङ्कट पनि अझै हटिसकेको छैन।