महिला दिवसको अवसरमा अटो चालक महिलालाई प्रदेश सरकारको सम्मान - Chaitanya News
  • 2026-11-06
  • 14:58:24
  • शुक्रबार,कार्तिक २१, २०८३
  • महिला दिवसको अवसरमा अटो चालक महिलालाई प्रदेश सरकारको सम्मान

    महिला दिवसको अवसरमा अटो चालक महिलालाई प्रदेश सरकारको सम्मान

    काठमाडौं– अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले ६ जना अटो चालक महिलालाई सम्मान गरेको छ।

    सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रलायले अटो चलाएर दैनिक जिविकोपार्जन गरिरहेका महिलालाई सम्मान गरेको हो। सम्मानित हुनेमा भगवतीदेवी कुँवर, सविता चौधरी, छुटमनिया चौधरी, ईश्वरी नाथ, मिरादेवी चौधरी र बास्मती दहित छन्।

    उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ। यससँगै प्रत्येकलाई १० हजार रुपैयाँ नगद पनि प्रदान गरिएको छ।

    यस्तै धनगढी लेडि जेसिजले पनि विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिलालाई सम्मान गरेको छ। सम्मानित हुनेमा परिवार बाल गृहकी सञ्चालक सानू चौधरी, सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, कराँते खेलाडी गरिमा मल्ल र कलाकार धनेश्वरी रेग्मी छन्।