राप्रपा केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो, आजै २ बजे बस्दै - Chaitanya News
  • 2026-05-20
  • 04:04:19
  • मंगलबार,जेठ ०५, २०८३
  • राप्रपा केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो, आजै २ बजे बस्दै

    राप्रपा केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो, आजै २ बजे बस्दै

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक बुधबार २ बजे बस्दैछ। बैठक १ बजेका लागि बोलाइएको भए पनि आवश्यक तयारी नपुगेको भन्दै २ बजेका लागि सारिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतले जानकारी दिए।

    बैठकमा बिहीबार हुने राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्ने राप्रपाका प्रवक्ता मोहनबहादुर श्रेष्ठले बताए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न कोणबाट आएका सुझावहरु नोटिसका रुपमा राखिएको बताउँदै राजनीतिक दलले कार्यकर्ताको भावना र जनभावना अनुरुप निर्णय गर्ने उल्लेख गरेका छन्।

    प्रवक्ता श्रेष्ठले लेखेका छन, ‘कुनै निर्णय गर्दा राप्रपाले बृहत छलफल गरेर निर्णय गर्ने गरेको छ। यस पटक पनि त्यसै गर्छ, सुझबुझपूर्ण निर्णय गर्छ। निर्णय गर्दा कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकको भावना प्रतिबिम्वित गर्छ।’