मनिष डाँगी भए वर्षको उत्कृष्ट युवा खेलाडी घोषित - Chaitanya News
  • 2026-06-05
  • 13:10:27
  • शुक्रबार,जेठ २२, २०८३
  • मनिष डाँगी भए वर्षको उत्कृष्ट युवा खेलाडी घोषित

    मनिष डाँगी भए वर्षको उत्कृष्ट युवा खेलाडी घोषित

    काठमाडौं– नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मनिष डाँगी बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।

    मनोनयनमा परेका बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारीलाई पछि पार्दै डाँगीले वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरेका हुन्। नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० ले मंगलबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेर सो अवार्ड डाँगीलाई हस्तान्तरण गरेको हो।

    मछिन्द्र एफसीलाई ए डिभिजन लिगको उपाधि जिताएका डाँगीले विश्वकप छनोटमा एसियाकै हेभिवेट फुटबल राष्ट्र मानिने इराकविरुद्ध गोल गरेका थिए । उनले साफ च्याम्पियनिसपमा माल्दिभ्सविरुद्ध पनि निर्णायक गोल गरेका थिए।