सानो मुद्दा उठाएर प्रधानमन्त्रीलाई अदालतमा लाने प्रक्रिया भएको छ, यो गम्भिर छ’ डा. भट्टराई - Chaitanya News
  • 2026-05-20
  • 02:36:55
  • मंगलबार,जेठ ०५, २०८३
  • सानो मुद्दा उठाएर प्रधानमन्त्रीलाई अदालतमा लाने प्रक्रिया भएको छ, यो गम्भिर छ’ डा. भट्टराई

    सानो मुद्दा उठाएर प्रधानमन्त्रीलाई अदालतमा लाने प्रक्रिया भएको छ, यो गम्भिर छ’ डा. भट्टराई

    काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन्।

    समाजवादी महिला संघले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा.भट्टराईले जनताको अधिकारलाई प्राथमिकतामा राखेर बनाएको संविधानलाई उल्टाउने षड्यन्त्रहरु भइरहेको दावी गरे।

    डा.भट्टराईले राजनीतिक प्रणालीमाथि नै खतरा उत्पन्न भएको दावी गर्दै भने ‘एकातिर हाम्रो राजनीतिक प्रणाली र हाम्रो अधिकारमाथि खतरा पैदा भएको छ।
    अर्कोतिर हाम्रो शान्ति सम्झौताअनुसार संविधान निमार्ण गर्ने, सेना समायोजन गर्ने र द्वन्दकालिन मुद्दाहरुको निरुपण गर्ने कुरा निम्ति सत्य निरुपण तथा मेलमिलापआयोग मार्फत हलगर्ने जुन कुरा थियो। यो कार्यलाई पूरा हुन नदिने सानो मुद्दा उठाएर प्रधानमन्त्रीलाई अदालतमा लाने प्रक्रिया भएको छ, यो गम्भिर छ ।’

    न्यायको अधिकार अहिलेको गम्भिर चुनौति बनेको भन्दै जुन गठबन्धन बन्ने र भत्कने प्रक्रिया भएको छ त्यो देशको लागि हानिकारक भएको पनि डा।भट्टराईको भनाई छ ।

    ‘जुन संविधान हामीले निर्माण गरेका छौं, त्यसलाई उल्टाउनको निम्ति षड्यन्त्रहरु भएको छ । दुई पटक चुनाव भयो, दुई वटा सरकार भन्यो तर हामीले अहिले पनि राजनीतिक स्थिरता दिन सकेका छैनौं,’ डा।भट्टराईको भनाइ छ ।

    डा।भट्टराईले संविधानले महिलालाई राजनीतिक प्रतिनिधित्वको हक, सम्पत्तिमाथिको हक र नागरिकता लगायतका हक प्राप्त भएको भन्दै लामो संघर्षपछि महिला र
    पुरुषबीच समानता र राजनीतिक परिवर्तन प्राप्त भएको भए पनि नेपालमा अझै पनि सामान्य राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ने बताए ।

    उनले भने– ‘भिन्नता र असमानता फरक कुरा हो, डिजिटल प्रविधिले लैङ्गिक समानतामा के–कस्तो काम गर्छ भन्ने विषयमा अन्तराष्ट्रिय रुपमा छलफल भईरहेको छ तर नेपालमा भने सामान्य राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकार प्राप्तिको कुरामा अल्झिरहेका छौ ।’

    नेपालको राजनीतिमा भइरहेको अस्थिरताले एकातिर राजनीतिक प्रणाली र अधिकारमाथिखतरा पैदा भएको र अर्को तिर शान्ति सम्झौताअनुसार संविधान निमार्ण गर्ने, सेना समायोजन गर्ने र द्वन्दकालिन मुद्दाहरुको निरुपणमा पनि प्रभाव गर्ने उनको भनाई छ ।