पार्टीका नेता र सरकारले नै अदालतलाई धम्काउनु शहीदको अपमान हुनु हो : ज्ञानेन्द्र शाही - Chaitanya News
  • 2026-06-28
  • 15:15:03
  • आइतबार,आषाढ १४, २०८३
  • पार्टीका नेता र सरकारले नै अदालतलाई धम्काउनु शहीदको अपमान हुनु हो : ज्ञानेन्द्र शाही

    पार्टीका नेता र सरकारले नै अदालतलाई धम्काउनु शहीदको अपमान हुनु हो : ज्ञानेन्द्र शाही

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पार्टीका नेता र सरकारले नै अदालतलाई धम्काउनु शहीदहरूको अपमान भएको टिप्पणी गरेका छन्।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध जनयुद्धकालीन मुद्दा दर्ता गर्न सर्वोच्चले आदेश दिएपछि पूर्वमाओवादीहरू एकजुट भएर खबरदारी गरिरहेका छन्।

    यसै विषयतर्फ संकेत गर्दै शाहीले अदालत लाई निष्पक्षरुपमा काम गर्न दिनु नै विधिको शासन र प्रजातान्त्रिक मुल्य मान्यताको पालना गर्नु भएको उल्लेख गरेका छन्।

    ‘त्यसैले कानुनी प्रक्रियामा आएका मुद्दाहरू अदालतले दर्ता गर्नु उसको कर्तव्य हो। पार्टीका नेता र सरकारले अदालतलाई धम्काउने काम कसरी विधिको शासन हुन सक्छ? शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता अनैतिक क्रियाकलाप तत्काल बन्द गरियोस् । विधिको शासन चाहिन्छ भनेर नै हिजो नेपाल आमाका सपुतहरूले अकालमै ज्यान गुमाएका हुन् त्यसैले अदालतलाई धम्काउनु भनेको यो राष्ट्रको लागि बलिदान दिने शहीदहरूको अपमान गर्नु हो।’

    अदालतलाई धम्काउनेलाई अब जनताले माफी नदिने उनको भनाइ छ।