प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता - Chaitanya News
  • 2026-06-28
  • 15:14:56
  • आइतबार,आषाढ १४, २०८३
  • प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता

    प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता

    काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।अधिवक्ता ज्ञानेन्द्र आरनले दिएको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।

    दाहालले २०७३ माघ १ गते टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए ।

    सोही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।

    यसअघि कानून व्यवसायीले दायर गरेको उक्त रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो ।

    दरपीठ आदेश बदर भएसँगै मंगलबार अदालतमा प्रचण्डविरुद्ध रिट दर्ता भएको छ । रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ ।