प्रचण्डको मुद्दाविरुद्ध वाइसीएलले ज्ञापनपत्र बझाउने - Chaitanya News
  • 2026-06-29
  • 23:27:39
  • सोमबार,आषाढ १५, २०८३
  • प्रचण्डको मुद्दाविरुद्ध वाइसीएलले ज्ञापनपत्र बझाउने

    प्रचण्डको मुद्दाविरुद्ध वाइसीएलले ज्ञापनपत्र बझाउने

    काठमाडौँ –  नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले आज ज्ञापनपत्र बझाउने भएको छ । वाइसिएलले अहिले ११ बजेपछि शान्ति सम्झौता टुङ्गोमा पुर्‍याउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सातै प्रदेशका मुख्यमन्त्री र ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

    १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौताको कार्यान्वयन गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन माग राख्दै ज्ञापनपत्र बुझाउन लागिएको वाइसिएलका अध्यक्ष सुबोध सिरपालिले बताए ।

    ‘७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, ७ प्रदेशका मुख्यमन्त्री र संघीय सरकारका सम्माननीय प्रधानमन्त्री ज्युलाई शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने, व्यवस्था विरोधीहरूको तथाकथित आन्दोलनका सन्दर्भमा संगठनको तर्फबाट ज्ञापनपत्र बुझाउने तथा सबै जिल्लामा तत्काल शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन दबाबमूलक कोणसभा गर्ने कार्यक्रम भएकोले मातहतका उपस्थितिका लागि आम युवाहरूमा अपिल गर्दछु,’ उनले भनेका छन् ।

    प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि वाइसिएलले त्यसको विरोध गरेको हो । शान्ति प्रक्रिया तत्काल टुङ्गो लगाउन दबाब दिन ७७ जिल्लामा कोणसभा पनि गर्ने भएको छ ।