धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु - Chaitanya News
  • 2026-05-16
  • 22:42:00
  • शनिबार,जेठ ०२, २०८३
  • धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    जनकपुरधाम-  धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका–१ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव (पुरुष) रहेका छन् ।

    सोमबार राति करिब ११ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा बर्दिबासतर्फबाट आउँदै गरेको प्रदेश २–००२–०३ प ७७४३ नम्बरको मोटरसाइकल सडक मानवसँग ठोक्किएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका अपरिचित सडक मानवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
    मोटरसाइकल चालक महतोको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा मंगलबार बिहान ढल्केबर बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

    दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका वरिष्ट सइ ईश्वर विक्रम साहले जानकारी दिए ।