होलीको दिन २५ सय बढी सवारी चालकमाथि कारबाही - Chaitanya News
  • 2026-05-16
  • 22:40:43
  • शनिबार,जेठ ०२, २०८३
  • होलीको दिन २५ सय बढी सवारी चालकमाथि कारबाही

    होलीको दिन २५ सय बढी सवारी चालकमाथि कारबाही

    काठमाडौं – ट्राफिक प्रहरीले नियम उलंघन गरेको कसुरमा सोमबार मात्रै दुई हजार ५ सय ५६ सवारी चालकलाई कारबाही गरेकोछ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार यसरी मादक पदार्थ सेवन गर्ने चार सय २६ जना रहेका छन् । लेन अनुशासन उलंघन गर्ने ९ सहित दुई हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको हो ।

    सैगरी, रेड लाइट उलंघन गर्ने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित हिड्ने २७, अत्याधिक गतिमा सवारी चलाउने १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।