यूएई विरुद्ध नेपालको शानदार जित - Chaitanya News
  • 2026-05-16
  • 22:33:37
  • शनिबार,जेठ ०२, २०८३
  • यूएई विरुद्ध नेपालको शानदार जित

    यूएई विरुद्ध नेपालको शानदार जित

    काठमाडौं- आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ । यो जितसँगै अंक तालिकामा एक स्थान माथि उक्लिएको छ।

    त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको हो। नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८७ रनमै समेटिएको हो । यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

    नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिए । त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक-एक विकेट लिए।

    यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ अंक भएको छ।

    त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ।

    यसअघि पाँचौ स्थानमा रहेको यूएई यो हारसँगै छैटौं स्थानमा झरेको छ। यूएईको ३२ खेलमा ३१ अंक छ।