काठमाडौं- विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले युएईलाई २३० रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २२९ रनको स्कोर तयार पारेको हो।
खेलमा ब्याटर समालिएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य तयार गर्न सफल भयो । नेपालका लागि भीम सार्कीले ७० रनको अर्धशतकीय इनिङ खेल्दै नेपालका लागि ठूलो योगफल जोडे।
त्यस्तै, आरिफ शेखले ४३ रनको अविजित इनिङ खेले । सन्दिप लामिछानेले २७ रन बनाएर आउट हुँदा करण केसी १७ रनमा आउट भए। प्रतिश जिसी ११ रनमा अविजित रहे।
त्यसअघि ६८ रनमा ५ विकेट गुमाएको नेपाललाई सन्दीप र भीम सार्कीले छैटौँ विकेटका लागि ५६ रनको साझेदारी गरे । त्यसैगरी, आरिफसँग भीमले ७ औँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपालको इनिङ समानजक अवस्थामा पुर्याएका थिए।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आसा गरिएका ब्याटरहरूले भने गतिलो इनिङ खेल्न सकेनन्। कुशल मल्लको ३२ रनमा आउट हुँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ रन मात्रै बनाउन सके।
त्यस्तै, अर्का ओपनर आसिफ शेख ६ रनमा पेभिलियन फर्किँदा कप्तान रोहित पौडेल १ तथा दीपेन्द्रसिंह ऐरी ४ रनमा पेभिलियन फर्किए। युएईका लागि जुनाईद सिद्दकीले ३ विकेट लिँदा आर्यन लक्राल र रोहन मुस्ताफाले समान २-२ विकेट हात पारेका थिए।