काठमाडौं– आईसीसी विश्वकप लिग टू क्रिकेटमा यूएईविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन्।
४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका सार्कीले ७८ बलमा अर्धशतक पूरा गरेका हुन्।
२०२२ मार्चमा भएको सिरिजमा नेपालका लागि डेब्यु गरेका भीमको राष्ट्रिय टिमबाट यो पहिलो अर्धशतक हो।
सार्कीले सन्दीप लामिछानेसँग मिलेर छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । लामिछाने २७ रनमा आउट भए।