कञ्चनपुरमा आफ्नै घरमा प्रहरी अधिकारी मृत फेला - Chaitanya News
  • 2026-11-06
  • 14:00:49
  • शुक्रबार,कार्तिक २१, २०८३
  • कञ्चनपुरमा आफ्नै घरमा प्रहरी अधिकारी मृत फेला

    कञ्चनपुरमा आफ्नै घरमा प्रहरी अधिकारी मृत फेला

    कञ्चपुर– कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन्।

    भीमदत्त नगरपालिका–१५ शारदा टोलमा आफ्नै घरमा वरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मण चन्द मृत फेला परेका हुन्।
    उनी आइतबार राति मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ।

    चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चन्द राति घरमै झुन्डिएको अवस्थामा फेला परेका हुन्।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।