नेपाल आज दोस्रो पटक युएईसँग भिड्दै - Chaitanya News
  • 2026-05-16
  • 22:33:02
  • शनिबार,जेठ ०२, २०८३
  • नेपाल आज दोस्रो पटक युएईसँग भिड्दै

    नेपाल आज दोस्रो पटक युएईसँग भिड्दै

    काठमाडौं- युएई (दुवई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा आज (सोमबार) नेपालले दोस्रो पटक युएईसँग खेल्दैछ ।

    दुबई इन्टरनेशनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग नेपाली समयअनुसार बिहान ११ः ४५ बजेबाट प्रतिष्पर्धा गर्नेछ ।

    नेपाल र युएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औं खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौ स्थानमा उक्लिने छ । सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सीमित हुनु परेको थियो ।

    अंक तालिका अनुसार युएई पाँचौं तथा नेपाल छैटौँ स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौ स्थानमा उक्लिने छ ।