बालुवाटारमा गठबन्धनको बैठक सुरु - Chaitanya News
  • 2026-05-16
  • 21:57:03
  • शनिबार,जेठ ०२, २०८३
  • बालुवाटारमा गठबन्धनको बैठक सुरु

    बालुवाटारमा गठबन्धनको बैठक सुरु

    काठमाडौं– राष्ट्रपति चुनाव र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा आठदलीय गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू सहभागी छन्।

    २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बसेको हो। बैठकमा चैत ३ गते हुने उपराष्ट्रपति चुनाव र मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल हुनेछ।

    बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे पनि छलफल हुने नेताहरुले बताएका छन्। द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका कारण प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएपछि माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ।

    न्यायाधिश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले शुक्रबार प्रचण्डविरुद्ध रिट दर्ता गर्न आदेश दिएको थियो। १ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण लगायत रिट लिएर सर्वोच्च अदालत गएका थिए।