वैज्ञानिक समाजवाद स्थापना गर्ने तर त्यो लक्ष्यका बीचमा अवरोध भयो : धर्मेन्द्र बास्तोला - Chaitanya News
  • 2026-05-20
  • 01:23:24
  • मंगलबार,जेठ ०५, २०८३
  • वैज्ञानिक समाजवाद स्थापना गर्ने तर त्यो लक्ष्यका बीचमा अवरोध भयो : धर्मेन्द्र बास्तोला

    वैज्ञानिक समाजवाद स्थापना गर्ने तर त्यो लक्ष्यका बीचमा अवरोध भयो : धर्मेन्द्र बास्तोला

    काठमाडौं– नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यमा बीचमा अवरोध भएको बताएका छन।

    आइतबार जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व विषयक कार्यक्रममा बोल्दै उनले शहीदप्रति श्रद्धाञ्जलि एवम् घाइते तथा अपाङ्गप्रति सम्मान व्यक्त गरे।

    बास्तोलले भने“आज एउटा संयोगले हामी यहाँ उपस्थित भएका छौं, अत्यन्तै संवेदनशील विषय छ। जति जीवन व्यतीत गरिएको थियो, जति घाइते, अपाङ्ग भएका थिए। प्रचण्डको नेतृत्वमा हामी नेता थियौं, संयोगले बँचेका थियौं र एउटा लक्ष्य थियो नेपालमा आमूल परिवर्तन गर्ने।”

    वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य रहेको भन्दै उनले भने, “नेपालमा समाजवाद स्थापना गर्ने, वैज्ञानिक समाजवाद स्थापना गर्ने तर त्यो लक्ष्यका बीचमा अवरोध भयो। जुन प्रकारको सामन्ती, दलाल, पुँजीवादी सत्ता जनताको हातमा जानुपर्थ्यो।”

    माओवादी केन्द्रको पार्टी नेतृत्वले अहिले भन्ने गर्ने गरेको कमी, कमजोरी त्यसताका नै महसुस गरेको भए, परिस्थिति फरक पनि हुनसक्ने अनुमान उनले गरे। इतिहासलाई तोडमोड गर्न नहुने विषयमा समेत उनले जोड दिए।