रामचन्द्र पौडेलले भेटे माधव नेपाल र सरोजको परिवारलाई - Chaitanya News
  • 2026-07-05
  • 07:57:32
  • आइतबार,आषाढ २१, २०८३
  • रामचन्द्र पौडेलले भेटे माधव नेपाल र सरोजको परिवारलाई

    रामचन्द्र पौडेलले भेटे माधव नेपाल र सरोजको परिवारलाई

    काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् राष्ट्रपति पदका उमेदवार रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई र उनका भाइ सरोजको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्।

    नेपालका भाइ तथा समाजवादीका नेता सरोजको हिजो शनिबार काठमाडौंमा पाँच तले घरबाट खसेर निधन भएको थियो।

    उनको निधनप्रति शोक जनाउँदै समवेदना दिन पौडेलले नेपाल परिवारलाई भेटेका हुन्।