कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक - Chaitanya News
  • 2026-07-05
  • 07:57:46
  • आइतबार,आषाढ २१, २०८३
  • कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक

    कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक

    सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा शर्माले आइतबार आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन्।

    सार्वजनिक विवरण अनुसार शर्माको दाङ र रुकुम पश्चिम गरी दुई ठाउँमा कृषि खेती रहेको छ। उनले रुकुम पश्चिम चौरजहारी नगरपालिका र दाङको लमहीमा जग्गा रहेको उल्लेख गरेका छन्। उनले विवरणमा आफ्नो घर नरहेको उल्लेख गरेका छन्। उनले आफ्नो आम्दानीको रूपमा कृषि खेती देखाएका छन्।