माओवादीको स्वार्थले १७ हजार नेपालीले ज्यान गुमाए : ओली - Chaitanya News
  • 2026-05-20
  • 00:31:08
  • मंगलबार,जेठ ०५, २०८३
  • माओवादीको स्वार्थले १७ हजार नेपालीले ज्यान गुमाए : ओली

    माओवादीको स्वार्थले १७ हजार नेपालीले ज्यान गुमाए : ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीको स्वार्थले १७ हजार नेपालीले ज्यान गुमाउनपरेको बताएका छन्।

    सुखानी सहिद दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिक स्वार्थले जनता मारिएको बताएका हुन्। ओलीले भने, ‘२०५२ सालपछि राजनीतिक स्वार्थका लागि मान्छे मारिए। नेपालमा भएको के थियो रु के प्राप्तिका लागि मारिए? के प्राप्तिका लागि १७ हजार मारिएको? बहुदलीय व्यवस्था त छँदै थियो।’

    संविधान सभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ भन्ने प्रश्न गर्दै ओलीले भने, ‘ जनयुद्धले पक्कै राजतन्त्र हटेको होइन होला। नेपाली जनताको जीवनको मुल्य प्रतिक्रियावादीले बुझेनन्। यस्तो शिलशिलाको अन्त्य होस। र, नेपालमा शान्ति छाओस अरु कसैको स्वार्थका लागि कसैको जिन्दगी जाने स्थिति बनेको छ।’

    राजनीतिलाई छलछाम र षड्यन्त्रको खेल बनाउ नहुने बताउँदै ओलीले राजनीति आदर्शको विषय बन्नपर्ने बताए।