काठमाडौँ– नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हिजकै सामन्तहरुलाई फर्काएर जनताले मुक्ति नपाउने बताएका छन्। जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै विप्लवले पूर्व राजा ज्ञानेन्द्र शाहलाई फर्काएर जनताले मुक्ति नपाउने संकेत गरे।
हामीले आफ्नो स्वार्थ र गुटका कुरा होइन। देश र जनताको कुरा गर्नैपर्छ’ हिजकै सामान्तलाई फर्काएर जनताले मुक्ति पाउँदैनन्। मुठिभर सम्पत्ति भएकालाई अधिकार दिए सबै पार लाग्दैन’ विप्लवले भने, ‘जसले आफू धोती र तोपी खुस्केको थाहा पाउँदैन त्यसले देशलाई पार लागाउँदैन। असम्भव छ।’ माओवादीलाई अपराधी र हत्यारा बनाएर स्थापित गर्न खोजिए प्रतिरोध गरिने विप्लवले बताए।
‘हामीलाई उचाल्छन् पर्छाछन् प्रभावित हुन जरुरी छैन। इतिहास दोहोरिने भनेका फेरि सबै माओवादीहरु एक ठाउँमा आउने हो। फेरि जनक्रान्ति सुरु हुने हो। फेरि जनसत्ता र आवश्यक पर्यो भने जनमुक्ति सेना बन्ने हो’ विप्लवले भने, ‘एकिकृत जनक्रान्ति वा अन्य कुनै क्रान्ति अघि बढ्ने हो। यो सबैले हेक्का राखे हुन्छ।’ अब सबै माओवादी धारहरु एक हुन तयार हुनुपर्ने विप्लवले बताए।