बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो? यो निहुँ खोज्या होइन : बाबुराम भट्टराई - Chaitanya News
  • 2026-05-20
  • 00:31:38
  • मंगलबार,जेठ ०५, २०८३
  • बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो? यो निहुँ खोज्या होइन : बाबुराम भट्टराई

    बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो? यो निहुँ खोज्या होइन : बाबुराम भट्टराई

    काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजिएको बताएका छन्। सहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन्।

    ‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो रु यो निहुँ खोज्या होइन?’ प्रश्न गर्दै भट्टराईले भने, ‘तीन वर्ष अघि सामान्य भनेको अभिव्यक्तिलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्न मिल्छ?

    उनले सबै माओवादी घटकहरूबीच सहकार्य हुन आवश्यक रहेकोसमेत बताए। उनले सबै पूर्व माओवादीहरू एक हुनुपर्ने भट्टराईले बताए। अब सबै माओवादी एक भएर जानुको विकल्प नरहेको उनको भनाई छ।

    यसअघि प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता गर्न भनी सर्वोच्च अदालतले आदेश दिएको थियो। प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये १२ हजार राज्य पक्षबाट मारिएको दाबी गर्दै ५ हजारको जिम्मा आफूले लिने अभिव्यक्ति करिब १ वर्षअघि दिएका थिए।

    सोही अभिव्यक्तिलाई लिएर उनीविरुद्ध रिट लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायत सर्वोच्च अदालत पुगेका हुन्। उक्त रिट सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो।

    दरपीठविरुद्ध दिएको निवेदनमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो।