ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु - Chaitanya News
  • 2026-07-09
  • 02:32:26
  • बुधबार,आषाढ २४, २०८३
  • ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौँ -ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ दियालेमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए । घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मीन बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

    घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।