काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का - Chaitanya News
  • 2026-11-07
  • 15:09:13
  • शनिबार,कार्तिक २२, २०८३
  • काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

    काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

    काठमाडौं – काभ्रेपलाञ्चोकलाई केन्द्र बनाएर भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस गरिएको छ ।

    २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि परकम्प गइरहेको छ । बिहान काभ्रेमा गएको परकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।