स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुँदै - Chaitanya News
  • 2026-05-16
  • 21:45:15
  • शनिबार,जेठ ०२, २०८३
  • स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुँदै

    स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुँदै

    काठमाडौँ – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदैछ।

    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपराह्न मतदाता नामावली प्रकाशन गरिने भएको हो।

    आज प्रकाशित हुने मतदाता नामावलीमाथि फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।