नारायणगढ-मुग्लिन सडकको अवरुद्ध हट्यो, आइतबारदेखि नियमित सञ्चालनमा आउने - Chaitanya News
  • 2026-05-16
  • 21:46:26
  • शनिबार,जेठ ०२, २०८३
  • नारायणगढ-मुग्लिन सडकको अवरुद्ध हट्यो, आइतबारदेखि नियमित सञ्चालनमा आउने

    नारायणगढ-मुग्लिन सडकको अवरुद्ध हट्यो, आइतबारदेखि नियमित सञ्चालनमा आउने

    चितवन – नारायणगढ-मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ। नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अबरुद्ध हुदैँ आएको नागरिक मुग्लिङ सडक खण्डमा आजदेखि नियमित सवारी साधान आबातजावत हुने भएको हो।

    मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आइतवार देखी नियमिति रुपमा सडक सञ्चालन गरिन लागेको हो।

    उनका अनुसार पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्ने बाहेक अन्य काम सम्पन्न भएको उनले जानकारी दिए।

    गत पुस ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुदैँ आएको थियो।