माइतीघरमा घन्कियो 'राजा आऊ देश बचाऊँ' को नारा - Chaitanya News
  • 2026-05-16
  • 21:12:55
  • शनिबार,जेठ ०२, २०८३
  • माइतीघरमा घन्कियो ‘राजा आऊ देश बचाऊँ’ को नारा

    माइतीघरमा घन्कियो ‘राजा आऊ देश बचाऊँ’ को नारा

    काठमाडौं– एमालेबाट कारबाहीमा परेका व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले महाभियानले संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गरिनुपर्ने माग राख्दै माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
    शनिबार महाभियानका समर्थकले नाराबाजीसहित माइतीघरमा भेला भई नयाँ बानेश्वर पुगेर विरोध प्रदर्शन गरेका हुन्।

    प्रदर्शनमा सहभागीले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरे।

    पूर्वराजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईंको अभियानले देशका विभिन्न सहरमा संघीयता खारेजी, राजतन्त्र पुनस्र्थापित र नेपाललाई हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन गरिसकेको छ ।

    बैंकको ब्याजदर घटाउनुपर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने, ५ प्रतिशत ब्याजमा ऋण पाउनुपर्ने, कर्मचारीको तलब डेढ लाख पुर्‍याइनुपर्ने, २०४६ को संविधान ब्युँताइनुपर्नेलगायत माग राखेर प्रसाईंले महाभियानलाई अगाडि बढाइरहेका छन्।