विराटनगर– नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले जातको नाममा मुद्दा उठाउने पार्टी खुम्चिएको बताएका छन्।
राईले आज प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणसम्बन्धी छलफलमा बोल्दै यस्तो बताएका हुन्। किराँत भनेको सभ्यता रहेको बताउँदै उनले किराँत लिम्बुवान जोड्दै गर्दा अर्को समुदायलाई दुख्ने बताए।
जातको नाममा मुद्दा उठान गर्ने पार्टी खुम्चिएको बताउँदै उनले भने, सबैको भावनाअनुसार अगाडि बढ्ने हाम्रो पार्टीको धारणा रहेको छ।
नाम राखेर प्रदेशसभाबाट निस्किँदै गर्दा जाँदै गर्दा सबैको अनुहारमा हासो आउनुपर्ने बताए।