सैनिक अदालतले बोलायो बयानका लागि दुई सैनिक अधिकृत - Chaitanya News
  • 2026-11-06
  • 13:26:39
  • शुक्रबार,कार्तिक २१, २०८३
  • सैनिक अदालतले बोलायो बयानका लागि दुई सैनिक अधिकृत

    सैनिक अदालतले बोलायो बयानका लागि दुई सैनिक अधिकृत

    काठमाडौं– सैनिक अदालतले बयानका लागि दुई सैनिक अधिकृतलाइ बयानका लागि बोलाएको छ। उपरथी प्रेम शाही विरुद्ध परेको मुद्दामा सैनिक अदालतले महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सिनालाई बयानका लागि बोलाएको हो।

    सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार शाह र तिमिल्सिनालाई सैनिक अनुशासन उल्लंघन गरेको भन्दै बयानका लागि बोलाएपछि नियन्त्रणमा लिएको हो। उनीहरूलाई सैनिक हिरासतमा भने नराखिएको प्रवक्ता भण्डारीले बताए।

    उपरथी शाहीलाई भने आर्थिक अनियमितता गरेको अभियोगमा सेनाले सैनिक हिरासतमा राखेर छानविन बोर्ड ९कोर्ट अफ इन्क्वारी० बनाएको थियो। बोर्डले प्रतिवेदन बुझाएपछि सेनापतिले सैनिक अदालत गठन गरेका थिए।

    “सैनिक अदालतले आफ्नो काम थालिसकेको छ,” सहायक रथी भण्डारीले भने, “त्यही शिलशिलामा दुई जना सैनिकलाई पनि बोलाइएको हो।”