काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान रहेका सन्दीप लामिछाने यूएई प्रस्थान गरेका छन्।
उनी आइसिसी क्रिकेट विश्वकप लिग टूुमा सहभागिताका लागि यूएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
नेपालले बिहीबार र सोमबार यूएई तथा शुक्रबार पिएनजीविरुद्ध खेल्दै छ।
दिउँसो ३ बजे यूएई प्रस्थान गरेका सन्दीपले यूएई र पिएनजीविरुद्ध जारी सिरिजमा मौसम ढकाललाई प्रतिस्थापन गर्ने क्यानले जानकारी दिएको छ।
रिजर्भमा रहेका सन्दीपलाई १४ सदस्यीय टोलीमा समावेश गर्न क्यानले आइसिसीसँग आग्रह गरेको थियो।
नेट प्राक्टिसका क्रममा घाइते भएका ढकाललाई सन्दीपले प्रतिस्थापन गर्ने क्यानले जनाएको छ । टिममा कुनै सदस्य घाइते भएमा रिजर्भमा रहेका खेलाडीलाई समावेश गर्न पाउने व्यवस्था छ।