‘राष्ट्रपति चुनावपछि विश्वासको मत’ - Chaitanya News
  • 2026-05-16
  • 20:07:03
  • शनिबार,जेठ ०२, २०८३
  • ‘राष्ट्रपति चुनावपछि विश्वासको मत’

    ‘राष्ट्रपति चुनावपछि विश्वासको मत’

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि मात्र प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

    राष्ट्रपति निर्वाचन सँघारमा आएको र सबै राजनीतिक दलका शीर्ष नेता त्यसमै सक्रिय हुनुपर्ने भएकाले त्यसपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन १३ गते र नेकपा एमालेले फागुन १५ गते दाहाल नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू फिर्ता बोलाएका छन् । संविधानको धारा १०० को उपधारा २ को व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्नेछ ।

    प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तार पनि हुने भएको छ । एमाले र राप्रपाले सरकार छाडेसँगै अहिले प्रधानमन्त्री दाहालको जिम्मेवारीमा १६ मन्त्रालय छन् ।

    नेतृत्वविहीन रहेका १६ मन्त्रालयमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सरकारमा सहभागी हुनेछन् ।