पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-16
  • 20:06:03
  • शनिबार,जेठ ०२, २०८३
  • पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ – नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    आज (बुधबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली बाँकी भू–भागमा बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।