राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन: आजदेखि आचारसंहिता लागू - Chaitanya News
  • 2026-05-19
  • 23:14:46
  • मंगलबार,जेठ ०५, २०८३
  • राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन: आजदेखि आचारसंहिता लागू

    राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन:  आजदेखि आचारसंहिता लागू

    काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आज (बुधबार) देखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।

    आयोगले मंगलबार फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको थियो । आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

    राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ भने आयोगले मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ ।