इलामा ४.३ म्याग्निच्युडको भूकम्प - Chaitanya News
  • 2026-10-29
  • 08:40:08
  • बिहिबार,कार्तिक १३, २०८३
  • इलामा ४.३ म्याग्निच्युडको भूकम्प

    इलामा ४.३ म्याग्निच्युडको भूकम्प

    काठमाडौं– इलामा केन्द्रविन्दु भएर मंगलबार विहान भूकम्प गएको छ।

    विहान १० बजेर ३ मिनेटमा इलामको माइमझुवा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    केन्द्रका अनुसार यो भूकम्प परकम्प नभई नयाँ भूकम्प हो।

    यसअघि फागुन १ गते र १० गते क्रमशः ताप्लेजुङमा ४.८ र बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।