नयाँ गठबन्धनले मुलुकमा बेथिति, अशान्ति, भ्रष्टाचार, बर्बादी र अस्थिरता निम्त्याउँछ : पार्वत गुरुङ - Chaitanya News
  • 2026-07-05
  • 04:53:26
  • शनिबार,आषाढ २०, २०८३
  • नयाँ गठबन्धनले मुलुकमा बेथिति, अशान्ति, भ्रष्टाचार, बर्बादी र अस्थिरता निम्त्याउँछ : पार्वत गुरुङ

    नयाँ गठबन्धनले मुलुकमा बेथिति, अशान्ति, भ्रष्टाचार, बर्बादी र अस्थिरता निम्त्याउँछ : पार्वत गुरुङ

    काठमाडौं– नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङले नयाँ गठबन्धनले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने बताएका छन्।
    मंगलबार हेटौंडामा भएको मिसन ग्रासरुट अभियानमा बोल्दै नेता गुरुङले नयाँ बनेको ८ दलीय गठबन्धनले मुलुकमा बेथिति, अशान्ति, भ्रष्टाचार, बर्बादी र अस्थिरता निम्याउने बताएका हुन्।

    ‘अहिले बनेको गठबन्धनले देशको राजनीतिक अवस्थामा खलल पुर्याउँछ। यो गठबन्धनले अस्थिरता निम्याउँछ,’ उनले भने।

    उनले यस्ता विकृतिको अन्त्य गर्न सञ्चालित मिसन ग्रासरूट अभियान संगठन बलियो बनाउँदै पहिलो र बहुमतको पार्टी निर्माणका लागि भएको बताए। उनले एमाले अहिले सरकारबाट हटे पनि आत्तिइहाल्नु पर्ने स्थिति नभएको बताए।