काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले शर्मालाई निजी चिकित्सकमा नियुक्त गरेको हो ।
शर्मा पाटन अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टर पदमा कार्यरत थिए ।
डा. शर्माले उच्च विशेषज्ञता इन्टनरल मेडिसिन र पेट तथा कलेजो विषयमा गरेका छन् ।